काठमाण्डौ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रलाई दोस्रोपटक कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूलाई दोस्रोपटक कोरोना पुष्टि भएको जनाएका हुन् । मिश्र ६ महिनाअघि पनि कोरोना संक्रमित भएका थिए ।
‘लक्षणहरू पहिलो पटकजस्तो कडा छैन । थोरै ज्वरो, कम्मर दुखाई र घाँटीमा समस्या छ । घरमै आराम गर्दैछु । हिजो त मैले कसैलाई भेटिन । त्यसअघिका २ दिनमा मसँग भेट्नु भएका साथीहरूलाई विचार पुर्याउन आग्रह गर्दछु, कोभिड फेरि बढ्दैछ,’ मिश्रले भनेका छन् ।
उनले आफूसँग केही दिनयतानिकट सम्पर्कमा रहेका व्यक्तिहरुलाई सतर्कता अपनाउन पनि आग्रह गरेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend