आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

भोलि गण्डकीमा सार्वजनिक बिदा

भोलि गण्डकीमा सार्वजनिक बिदा

 

पर्वत । गण्डकी प्रदेश सरकारले २०९ औँ भानु जयन्ती मनाउन बुधबार सार्वजनिक बिदा दिएको छ। तनहुँमा जन्मिएका आदिकवि भानुभक्त आचार्यलाई ‘गण्डकीको गौरव’ भन्दै उनको जन्मजयन्तीको अवसरमा प्रदेश सरकारले बिदाको घोषणा गरेको हो।

अघिल्लो वर्ष चैत १८ मा बसेको मन्त्रिपरिषद्को बैठकबाट भानु जयन्तीमा बिदा दिने निर्णय भएको थियो। गण्डकी सरकारले योसहित असोज २३ गते कोजाग्रत पूर्णिमा, फागुन ४ गते गण्डकी प्रदेश सरकार स्थापना दिवस र चैत १५ गते चैते दशैँमा पनि बिदा दिने निर्णय गरेको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend