आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

माओवादी केन्द्रीय कमिटी बैठक बस्दै

माओवादी केन्द्रीय कमिटी बैठक बस्दै

 

 

काठमाडौं २२ असार । नेकपा (माओवादी) केन्द्रको केन्द्रीय कमिटी बैठक आज बुधबार बस्दैछ ।आजको बैठकले सम्भवतः पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने छ । मंगलबारको पूर्वस्थायी कमिटी र ईञ्चार्जको बैठकले स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मार्फत ल्याउने निर्णय गरेको थियो ।

अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी बैठकमा नाम घोषणा गर्ने माओवादी नेता गणेश साहले जानकारी दिए । माओवादीको बैठक आइतबारदेखि काठमाडौंमा जारी छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend