काठमाडौँ २१ असार। साताको कारोबारको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन मंगलबार तोलामा एक सय रुपैयाँले बढेर ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको हो। यस्तै तेजावी सुन ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend