आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

प्रदेश १ मा एमालेकी हिमा बस्नेत सांसद् नियुक्त

प्रदेश १ मा एमालेकी हिमा बस्नेत सांसद् नियुक्त

 

 

काठमाडौँ । नेकपा (एमाले) सांसद् गुलेफुन खातुनको स्थानमा धनकुटाकी हिमा बस्नेत भट्टराई प्रदेश १ को सांसद् नियुक्त भएकी छन् ।

सरकारी कागजात र दस्तखत किर्ते मुद्दामा दोसी ठहर भएपछि समानुपातिक सांसद् खातुनले राजीनामा दिएकी थिइन् । उनको राजीनामा स्वीकृत भएपछि बस्नेत प्रदेश सांसद्‍मा नियुक्त भएकी हुन् ।

बस्नेतलाई निर्वाचन आयोगले सोमबार समानुपातिक सांसद् नियुक्त भएको पत्र दिएको नेकपा (एमाले)का नेता हिक्मतकुमार कार्कीले जानकारी दिए । प्रदेश सांसद्को कार्यकाल चार महिना बाँकी छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend