काठमाडौं १७ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र महानायक राजेश हमालबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न हमाल आज बिहान खुमलटारस्थित निवास पुगेका थिए ।
भेटमा सहभागी संगीतकार चेतन सापकोटाले भने समसामयिक राजनीतिक, नेपाली चलचित्र क्षेत्रका समस्या र समाधानका उपाय लगायतका विषयमा कुराकानी भएको जानकारी दिए । भेटको चाँजोपाँजो सापकोटाले नै मिलाएका थिए ।
एकछिन सामूहिक भेटवार्ता भएपछि, पछि प्रचण्ड र राजेश हमालमात्र बसेर छलफल गरेका थिए । एक्लाएक्लै भएको भेटमा भएको कुराकानीको विषय सार्वजनिक भएको छैन । प्रचण्डको सचिवालयका सदस्यहरुले पनि कुराकानीको विषयबारे अनभिज्ञता प्रकट गरेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend