१० असार, काठमाडौं ।गल्ती स्पष्ट देखिए तापनि त्यसलाई स्वीकार गर्न नसक्ने र उल्टै अरुलाई दोष थोपर्ने प्रवृत्ति नेपाली समाजमा तीव्र गतिमा गहिरिँदै गएको छ। यो रोग देशदेखि विदेशसम्म, गाउँपालिका देखि महानगरसम्म, सडकदेखि सदनसम्म समानरूपले फैलिएको देखिन्छ। यस्तो अभ्यासले केवल व्यक्तिगत इमान गुमाउँदैन, राष्ट्रिय संरचना, नीतिगत स्थिरता र सार्वजनिक विश्वासमा समेत गम्भीर आघात पुर्याइरहेको छ।
विश्लेषकहरू भन्छन्, “गल्ती ढाक्ने बानी भनेको आगोमा घ्यू हाल्नु हो।” गल्तीको स्वीकारोक्ति सुधारको पहिलो खुड्किलो हो, तर झूटले त्यो बाटो बन्द गरिदिन्छ।
समाजमा मौलाउँदै गएको ‘ठूलो देखिनुपर्ने’ संस्कार हाबी हुदा परिवार देश राष्ट्र सम्मलाइ घात हुन्छ।
आजको दिनमा साँचोभन्दा ठूलो देखिनु र *दोष लुकाएर बाँच्न सक्ने ‘सिप’*लाई सफलता ठानिने वातावरण निर्माण भएको देखिन्छ। कसैले गल्ती गरे पनि जबसम्म उसले त्यो प्रमाणित हुन नदिने रणनीति अपनाउँछ, ऊ समाजमा ‘सफल’ ठहरिन्छ। अपरिपक्क ब्यक्ति हुन्छ।
लोभ लालच घमण्ड ले “सत्ता, पद वा पहुँचले होइन—नैतिकताले कसैलाई ठूलो बनाउँछ,” विश्लेषकहरूको भनाइ छ।
यस्तो संस्कृति केवल व्यक्तिमा सीमित नरही संस्थागत तहसम्म छिरेको छ। परिणामस्वरूप न लोकतान्त्रिक मूल्य सुदृढ बन्छन्, न राज्यप्रति जनताको भरोसा टिक्न सक्छ।
किन स्वीकार गर्दैनन् झूट बोल्नेहरूले? – मनोवैज्ञानिक एवं सामाजिक कारणहरू
१. आत्म-संरक्षणको मनोवृत्ति
गल्ती स्वीकार गर्नाले आत्मसम्मानमा चोट लाग्ने डरले मानिसहरू झूटको सहारामा इज्जत जोगाउन खोज्छन्।अर्को गल्ति गर्छ छुट बोल्छ।
२. अहंकार र ‘म नै ठीक’ भन्ने भ्रम
अहंकार र ‘म नै ठीक’ भन्ने भ्रम: एक गहिरो सामाजिक मनोविज्ञान
“म नै ठीक छु, म कहिल्यै गलत हुँदैन” भन्ने सोचलाई ‘अहंकारजन्य भ्रम’ (ego-driven delusion) भनिन्छ। यो केवल व्यक्तिगत सोच कहिल्यै गलत नहुने घमण्डले सत्य स्वीकार्ने बाटो छेकिन्छ।
३. सामाजिक इज्जत गुम्ने डर
साँचो बोलेपछि समाजले हेप्ने डरले धेरैले गल्ती ढाक्ने नीति अपनाउँछन्।जब व्यक्ति केवल आफ्नो दृष्टिकोणलाई मात्र ठिक ठान्छ, उसलाई अरूको कुरा बुझ्ने मनोभूमिका बन्द हुन्छ।गलत भएको कुरामा कुनै प्रतिकार आउँदैन, बरु मौन समर्थन पाइन्छ भने त्यो सोच बलियो बन्छ — “मैले जे गरेँ, ठीकै गरेँ।” भ्रम मा भुल्छ।
४. संस्कार र सामाजिक वातावरण
झूट बोल्नेलाई चालाक र साँचो बोल्नेलाई कमजोर ठान्ने सामाजिक सोचले यस्तो प्रवृत्तिलाई मलजल दिइरहेको छ।यो बानीले अन्ततः मानिसलाई आफ्नै भ्रमको पिँजडामा राख्छ — जहाँ सुधार, संवाद र सहकार्यको ठाउँ रहँदैन।सुधारको द्वार बन्द हुन्छ।मानिस सिक्न र बढ्न सक्दैन, किनकि उसले कहिल्यै आफू गलत भएको स्वीकार गर्दैन।
५. दण्डको भय
सजाय, पद गुम्ने डर वा सम्बन्ध बिग्रने चिन्ताले सत्य लुकाइन्छ।अरूलाई सधैँ दोष दिने प्रवृत्तिले पारिवारिक, सामाजिक, पेशागत सम्बन्धहरू कमजोर पार्छ।नेतृत्व तहमा यस्तो अहंकार भएमा समावेशी निर्णय असम्भव बन्छ। राष्ट्र, संस्था वा समूह दिशाहीन बन्छ।
६. झूटमा बाँच्न थाल्ने बानी
बारम्बार झूट बोल्दा मानिस आफैँले आफ्नो झूटमा विश्वास गर्न थाल्छ। अन्ततः आत्मधोखा जीवनशैली बन्छ।”अहंकारले ज्ञानको ढोका बन्द गर्छ। विनम्रता मात्रै त्यो ढोका खोल्ने चाबी हो।”‘म नै ठीक’ भन्ने सोच सुधार्न सकिएन भने, त्यो व्यक्ति मात्र होइन, ऊ संलग्न प्रत्येक प्रणालीमा समस्या आउन थाल्छ।
७. समाधान के हो?
साँचो स्वीकार्ने संस्कार निर्माण गर्नु।
सत्य बोल्नेलाई सम्मान, झूट बोल्नेलाई जवाफदेही बनाउने संस्कृति विकास गर्नु।
बाल्यकालदेखि नै नैतिक शिक्षा र आत्ममूल्यांकनको अभ्यास गराउनु।
गल्ती लुकाउने अभ्यास समाजको चित्तबाट सुरु भएर शासन प्रणालीसम्म फैलिएको छ। यस्तो सोचले न व्यक्ति सुध्रन्छ, न संस्था। सत्यसँगको इमानदार सम्बन्ध र गल्ती स्वीकार गर्ने साहस नै अबको सुधारको मूल मन्त्र हुनुपर्छ।
‘साँचो स्वीकार गरौं, समाज बदलौं।’अब समय आएको छ—जहाँ झूटको पर्दा च्यातेर सत्य बोल्नेहरूलाई नेतृत्व दिन सकियोस्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend