काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक विवाद चर्किंदै गएको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईबीचको विवाद चरम उत्कर्षमा पुगेको हो ।
यस्तै सोमबार बसेको अध्यक्ष यादव पक्षको बैठकले संघीय परिषद अध्यक्ष भट्टराईसहितका नेतालाई कारबाही गर्ने निर्णय गरेको छ । त्यस्तै अर्का सदस्य गंगानारायण श्रेष्ठलाई पनि पार्टीविरुद्ध गतिविधि गरेको भन्दै स्पष्टिकरण माग्ने निर्णय गरेको बताइएको छ ।
जसपामा यादव र भट्टराई पक्षीबीच विवाद चलिरहेको छ । यादवले पार्टीमा एकलौटी गरेको भन्दै भट्टराई पक्षले उनको अधिकार खोस्ने प्रयास गरिरहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend