आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एमालेमा प्रवेश गरे गौतम, अध्यक्ष ओलीले गरे स्वागत

एमालेमा प्रवेश गरे गौतम, अध्यक्ष ओलीले गरे स्वागत

 

काठमाडौँ, १० असार । नेकपा माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य जीवन गौतम नेकपा एमालेका प्रवेश गरेका छन्।

स्थानीय तह निर्वाचनअगाडि असन्तुष्टि जनाउँदै माओवादी छाडेका गौतमलाई शुक्रबार नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितले स्वागत गरे।

गौतम माओवादीबाट घोराही उपमहानगरपालिकाले मेयर पदका दाबेदार थिए। तर उक्त पदको टिकट माओवादीले नदिने भएपछि असन्तुष्टि जनाउँदै उनले माओवादी छाडेका थिए।

०७४ सालको स्थानीय तह निर्वाचनमा गौतम माओवादीबाट घोराहीमै मेयरका उम्मेदवार थिए। माओवादीमा नारायणकाजी श्रेष्ठनिकट उनले आफूलाई पार्टीले सहयोग नगरेको गुनासो गरिरहेका थिए।

माओवादीले गैरकम्युनिस्ट चरित्र देखाएको आरोप लगाएका थिए। तत्कालीन शिक्षामन्त्री गिरीराजमणि पोखरेलको सल्लाहकारका रूपमा पनि उनी सक्रिय थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend