आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

पेट्रोलियम पदार्थको भाउ घटाउने सरकारको संकेत

पेट्रोलियम पदार्थको भाउ घटाउने सरकारको संकेत

 

 

काठमाडौं १० असार । सरकारले कर समायोजन गरेर पेट्रोलियम पदार्थको भाउ घटाउने संकेत गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पछिल्लो समय पेट्रोलियम पदार्थमा वृद्धि गरिएको मूल्य घटाउने संकेत गर्दै करका दरहरूमा समायोजन गर्न सकिने जनाएका हुन्।

करका दरहरूमा समायोजन गरेरै भए पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने विषय संसद्मा उठेको र सरकारको ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले सरकार सोही अनुसार अघि बढ्न सक्ने बताए।

विहीबार उनले विद्युतको आपत बढाएर पनि पेट्रोलियम पदार्थको मूल्य​लाई सहज बनाउन किने योजनामा सरकार डेको पनि बताए । मन्त्री बडूले भने, पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने विषयमा सरकारको ध्यानाकर्षण भएको छ । मन्त्री बडूले विद्युत खपत बढाएर पेट्रोलियम पदार्थको निर्भरता घटाउने कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको दावी गरे । यो समाचार कारोबार दैनिकमा छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend