काठमाण्डौ १७ जेठ । नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझी तीस हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
जग्गाको हालसाविक गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले अमिन टेकबहादुर रायमाझीलाई ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
रायमाझीमाथि थप अनुसन्धान भइरहेको अख्तियार अनुसन्धान आयोग बुटवलले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend