काठमाडौं। आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले वृद्धि भएको छ। सोमबार छापावाल सुन प्रतितोला ९८ हजार दुई सय र तेजाबी सुन प्रतितोला ९७ हजार सात सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९७ हजार पाँचसय तोकिएको थियो।
महासंघका अनुसार चाँदीको मूल्य आज प्रतितोला पाँच रुपैयाँले बढेको छ। आइतबार एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार २८५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend