आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

सन्देशमुलक गीत ‘खोजी हिडे’ बजारमा

सन्देशमुलक गीत ‘खोजी हिडे’ बजारमा

 

 

पछिल्लो समय समाजमा निकै नै घटिरहेको बलात्कार जस्तो जघन्य अपराधको घटनालाई उठान गरि नयाँ म्युजिक भिडियो बजारमा आएको छ।

गीतकार भामा देवकोटा शर्माको रचना र स्वरुपराज आचार्यको स्वर रहेको नयाँ गीत ‘खोजी हिडे’ को भिडियो सार्वजनिक भएको छ । अनुनय एल्बममा संग्रहित गीतमा बिष्णु तामाङले संगीत दिएका छन् । भामा पेशाले चिकित्सक हुन् र उनी अमेरिकामा बस्छिन् ।

दिनेश पराजुलिले छायांकन गरेको उक्त भिडियोलाई उत्तर राना मगरले सम्पादन गरेका हुन।भिडियोमा डा प्रमोद शर्मा र अमृता श्रेष्ठको साथमा खेमनाथ खनालले समेत अभिनय गरेका छन् ।

भिडियोलाई वसन्त सापकोटाले निर्देशन गरेका हुन। सापकोटाले झन्डै ३०० हाराहारी म्युजिक भिडियो निर्देशन गरिसकेका छन्। दीपक कुमार शर्मा र अम्बिका शर्माले निर्माण गरेको भिडियो प्रभामा क्रिएसन नामक युटुब च्यानालमार्फत सार्वजनिक गरिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend