सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

शान्ति क्षेत्र नेपालको अबस्था

शान्ति क्षेत्र नेपालको अबस्था

बिष्णु प्रसाद शर्मा,

 

कुनै देशलाई समाप्त पारेर आफुले रजाई गर्नु छ भने पहिला त्यो देशका जनतालाई कित्ता कित्तामा बिभाजन गराएर त्यस पछि धर्म संस्कृतिलाई गलत हो भन्न सिकाउने हो भने पलभरमा त्यो देशको सबै अस्तित्व सकाउन सकिने रहेछ भनेर बुझेका बैरी फिरंगीहरुले नेपाललाई अस्तब्यस्त बनाएर छाडिदिएका छन ।
स्व राजा श्री ५ बीरेन्द्र शाहले छिमेकी मुलुक भारतले यो देशलाई सहजरुपले बिकास हुन दिदैन र शान्त र बिशाल छाति भएका नेपालीलाई जोगाउन नेपाललाई शान्ति क्षेत्र नेपाल भनेर घोषणा गर्नु भएको र सो प्रस्तावको सबै राष्ट्रले समर्थन गरुन् भन्ने चाहना लिई प्रस्ताबित भएको थियो र ११६ राष्ट्रले उक्त प्रस्तावको समर्थन गरेका पनि थिए । तर सबै भन्दा नजिकको छिमेकी र धर्म, संस्कार , जनताहरुको बैवाहिक सम्बन्ध, रोजी रोटी समेत दोहोरो चलिरहेको भारतले उक्त प्रस्तावको समर्थन गरेन र भित्र भित्रै षडयन्त्रको जालो बिछयाउँदै दलियताका भरियाहरुलाई पोषण गदै शान्त र बिशाल मुलुक नेपाललाई तहस नहस बनाउन तल्लिन भए ‘र अ’ नामक आफनो खुफिया ब्युरोकेसी संस्था मार्फत बिभिन्न परिपञ्चहरु रचेर अगाडी बढ्ने क्रममा पश्चिमा मुलुकहरु समेतलाई पुरानो इवि साध्न उक्साउँदै नेपाली जनताहरु भाँडेर राजा र धर्मलाई नराम्रो बनाउने कोशिस गर्ने क्रममा जजमानी गरेर जिविको पार्जन गर्ने ब्राम्हणहरुलाई नरमक्ष्य सेवन गर्न सिकायो र धेरै लगानी गदैं गयो भने अर्को तर्फवाट जनजातीलाई ब्राम्हणहरुले हेला होचोको हेयले हेर्दछन र तिनीहरुलाई माथि आउनै दिंदैन भनेर उचाल्ने क्रममा सबै बाउन र क्षेत्रिहरु प्रति अनास्थाको भ्रम छर्न सफल हुँदा उसको दोहोरो लगानी दोहोरो चरित्रले घनिभूत वजन प्राप्त गरेको हुँदा नेपालमा ४२ सालमा बम काण्ड भयो । शान्ति क्षेत्र नेपालको अबस्था गम्भिर बन्न पुग्यो । बिश्व जगतलाई नेपालमा एकतन्त्रिय शासन छ । प्रजातन्त्र छैन र जनताले प्रजातन्त्र पाउन बम पड्काएका हुन भनेर बिश्वास दिलाउन पनि सफल भयो । त्यस पछि ५२ साल फागुन १ गते देखि नेपाली नागरिकलाई भारतीय भूमिमा नै प्रशिक्षण दिएर एक माओवादी नामक आतंककारी जत्थाको उत्पादन गर्न धेरै लगानी गर्यो । त्यो जत्थाले १७ हजार भन्दा बढी निरिह नेपाली नागरिकहरुको ज्यान लियो र अरु काँग्रेस, कम्युनिष्टको जत्थालाई मिलाएर दिल्लीमा १२ बँुदे सम्झौता गरायो । यस अघि नेपालका नरेश बीरेन्द्रका स परिवारको हत्या गराउन तत्कालिन शासक, सेना समेतलाई मिलायो र त्रिपक्षिय योजनामा त्यो कार्य सफल हुँना साथ ज्ञानेन्द्रलाई आरोप लगाउने काम गरायो । ७८ फागुनमा एमसीसी का नाममा प्रजातन्त्र प्राप्त एक संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त देश नेपालमा नयाँ बानेश्वर संसद भवन नजिकै निहत्था जनतालाई गोली चलाउनी, पानीका फोहोराले धपाउने र युवाहरुलाई प्रहरी मार्फत धरपकड गरेर चिसोयाममा ३ दिन सम्म थुनामा राखने काम नेपाली काँग्रेसको नेतृत्वमा बनेको सरकार मार्फत गरायो । देशमा अत्याचार बढदै गएको छ । अब नेपाली जनता आफै नउठने, नजाग्ने हो भने देश अझै बर्बाद हुने देखिन्छ । शर्मा, नेपाल संरक्षण अभियानका केन्द्रीय संयोजक हुनुन्छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend