आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

मन्त्री आलेको पालिकामा एमाले विजय

मन्त्री आलेको पालिकामा एमाले विजय

 

धनगढी। डोटीको जोरायल गाउँपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ। एमालेका दुर्गा दत्त ओझा ३ हजार ४४९ मतसहित अध्यक्षमा निर्वाचित भए।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रसेका दीपककुमार विष्ट ३ हजार ४१२ ल्याएर हार बेहोरे। एकीकृत समाजवादीका किरण मल्लले १ हजार ६५९ मत पाएका छन्।

उपाध्यक्षमा पनि एमाले नै विजयी भएको छ। एमालेकी जमुना कुमारी बोहरा (रोकाया) ३ हजार ५९९ मत ल्याएर निर्वाचित भइन्।

कांग्रेसकी चन्द्रा कुमारी साउदले ३ हजार ५१७ र माओवादीकी प्रेमा कुमारी ओलीले १ हजार ३१७ मत पाएकी थिइन्। जोरायल समाजवादीका नेता तथा पर्यटन मन्त्री प्रेमबहादुर आलेको गृह पालिका हो।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend