आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

 

 

काठमाडौं १ जेठ । कोभिड १९ को महामारीले इन्टरनेट प्रयोगकर्ताको सङ्ख्यामा झण्डै दोब्बरले बढेका छन्। एकातर्फ कोभिड महामारीका कारणले ुवर्क फ्रम होमु अर्थात् घरमै बसीबसी कार्यालयको काम गर्न सम्भव भएकाले पनि इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या बढाएको हो। अर्कोतर्फ विद्यालयको पठनपाठन पनि भर्चुअल अर्थात् अनलाइनमाध्यमबाट सम्भव भएकाले पनि इन्टरनेट प्रयोगकर्ताको सङ्ख्यामा तुलनात्मक रूपमा वृद्धि भएको थियो।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७५र७६ मा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या एक करोड ९४ लाख ४१ हजार सात सय १० रहेको थियो । आर्थिक वर्ष २०७६/७७ मा कोभिड १९को संक्रमण देखिएसँगै इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या करिव २४ लाख बढेर २ करोड १८ लाख तीन हजार ३ सय ४५ पुगेको थियो। आर्थिक वर्ष २०७७/७८ मा भने इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या विगतको वर्षको तुलनामा अझै बढेर ३ करोड ९ लाख ९३ हजार एक सय ८५ पुग्यो। प्राधिकरणको आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदन अनुसार २०७७ को असार मसान्तसम्म तीन करोड ९ लाख ९३ हजार एक सय ८३ इन्टरनेट प्रयोगकर्ता रहेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend