काठमाडौं २५ बैशाख । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचन अवधिभर मदिरा विक्री वितरणमा रोक लगाएको छ । कार्यालयले आइतबार सूचना प्रकाशन गरी यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै वैशाख २७ गतेदेखि मदिरा विक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो ।
प्रशासनले मंगलबार राति १२ बजेदेखि मदिरा बिक्रीमा रोक लगाइएको छ । यस्तै प्रशासनले निर्वाचनको दिन अत्यावश्यक सेवामा संचालित र अनुमति लिएका सवारी साधन बाहेकका अन्य सवारी साधन बिहान ६ बजेदेखि मतदान सम्पन्न नभएसम्म नचलाउन निर्देशन दिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend