बिष्णु प्रसाद शर्मा,
कलकल गर्दै बगिरहने झरना वा माथिबाट दुध झैँ सेतो देखिने परबाट मनै लोभ्याउने दृष्य भएको अविरल झरिरहेको प्राकृतिक सौन्दर्यता मनलाई मनमोहक बनाउने दिन र रातको कल्पनाले कहिल्यै नसुस्ताउने व्यक्ति को नाम हो ,श्री ५ पृथ्वीनारायण शाह ।ऋषिहरुले पवित्रताको र हिमालयको काखबाट दक्षिण मोहडामा लमतम्म रहेको,हिमाल, पहाड र तराईको मात्र होइन विश्वकै जाजल्यमान प्रतिमाका रुपमा नेपालमयी संस्कार, संस्कृति र पूर्विय शास्त्र दर्शन,पौरस्य संस्कार कुलधर्मको जगेर्ना खातिर एक मानवरुपी भगवान्को रुपमा गोरखनाथले पत्याएको र नेपाल संरक्षणका लागि उभ्याइएका शाहसी, कर्मशिल र दुरदर्शि राजा थिए, श्री ५ पृथ्वीनारायण शाह
बिताउन र भोग्नका लागि कति सहज र असहज थियो ? यो प्रश्नको उत्तर अव कसै गरेर पनि पाउन सकिदैन । पहाडको चुचुरोसम्म पुग्न आजभोलि बनाइएका विना पुर्वाधारका धुलाम्मे र हिलाम्मे कुनै सडक बाटा थिएनन् । आधा घन्टा हिँड्दा हिरिक्क हुने हामीजस्ता पित्तभोगी मानिसहरु होइन,कर्मशिल देशभक्त ,लगनशिल र इमान्दार थिए हाम्रा पुर्खाहरु र श्री ५ पृथ्वीनारायण शाहका इच्छा मुताविकका दरबार थुम्का थुम्कामा ठडिएका थिए ।
विलासिताको भोगाई भोग्ने इच्छा थियो वा थिएन त्यो पनि अब जान्न पाउने अवस्था छैन । झुट फतुरहरुले आजभोलि भन्ने गरेका पृथ्वीनारायण शाह नै थिएनन्,यो काल्पनिक रचिएको कथा थियो फेरि यो उखानको प्रमाण जुटाउन ती श्री ५ पृथ्वीनारायण शाह सिंहदरबार अगाडिको चोकमा जीवित उभ्याउन सकिने अवस्था पनि बाँकी छैन । केबल बाँकी छ त उहाँले आज्र्याको देश नेपाल , यो गर्भका साथ बोल्न सक्ने अवस्थालाई पनि एम सि सि।जस्ता घातक सम्झौताहरुले हिनता बोध गराइ दिएको छ । हामीले भनेका छौँ,जानेका छौँ,श्री ५ पृथ्वीनारायण शाह मानव रुपका भगवान् रहेछन् । यदि उहाँको अथक र कष्टकर प्रयास थिएन भने धेरै अगाडि नै नेपालीको पहिचान समाप्त भैसक्ने थियो , यो यथार्थ सत्य हो । यो सत्यतालाई ती इसाइका र पश्चिमाका हलिहरुले बुझेर पनि बुझपचाइ रहेका छन् ।
श्री ५ पृथ्वीनारायण शाहको चाहना थियो ,ब्राम्हणहरुले पूर्विय शास्त्र दर्शन पौरस्य संस्कार कुलधर्मको पालना गराउन ,क्षेत्रियहरुले राजधर्मको नीति अनुरुप पालना गरुन्र अन्यले आफुहरुले जानेको बुझेको र आवश्यक पेशा व्यवसायबाट राष्ट्रलाई समृद्ध गराउनुका साथै ऋण, रोग र शत्रुलाई बढ्न नदिइ शासन व्यवस्थाको उच्च नेपाल बनाउने भन्ने थियो ।कोही गरिब नहुन्, कसैलाई अन्याय नपरोस् र कोही रोगी भएर दुःख नपाउन् भनेर एकिकरणको प्रयासले एउटा सुन्दर नेपालको परिकल्पना गरि बक्सेको थियो त्यसैले श्री ५ पृथ्वीनारायण शाह मानव रुपका भगवान्नै होइबक्सन्थ्यो । यो सबै नेपालीहरुको अहोभाग्य थियो ।“ उहाँले त्यो समयमा आजका जस्ता प्राविधिकहरु देख्न पाउनु भएन । चित्रहरुआधुनिकताले रंगिएको रंगिन टेलिभिजन वा रेडियोले एक सुन्दर तरिकाले घन्काएको भजन र सुरिलो स्वरको स्वाद पानीले भिजेको कपास जस्तो मनमोहक कुनै सुख सुविधाका वस्तुहरु कतै थिएनन् पाएनन्” । विसेनर्गचीले दिएको सुझाव एउटा समुन्द्र मात्रै होइन,एउटा सागर नै सावित भएको र उहाँलाई साथ दिनेहरु सबै विश्वभरबाटै प्रशिक्षित योद्धा जस्तै सावित भएको मानेका थिए । “वान् ढाईला कम्बरको पटुकीमा खुकुरी वान, शत्रु क्यान तेरो घर चिह्याई रहेछ रु”यो उद्गारले सिन्धुलीगढीको किनलकको सेनालाई भगाउन कति योगदान पु–याएको थियो, आजको सिन्धुलीगढी थिएन त्यस बखत धुलिखेल छिचोल्दै पिठ्युँमा सरसमान भिरेर पैदल हिँडेर जानुपर्ने थियो । हामीले यस्तो अवस्थामा पनि जोगिएको मुलुक नेपाल कौडीको मुल्यमा विदेशीलाई सुम्पने आँट कसरी गर्न सक्यौँ ? यो प्रश्नको जवाफ जनताले दिनु पर्दछ । जुन देशमा धनवान्, वेदका ज्ञाता ब्राम्ह्ण, राजा, नदी र वैद्य यी पाँचवटा रहेका छैनन् त्यहाँ एकदिन पनि बस्नु अनुपयुक्त हुन्छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend