खवरब्रेकिंग, काठमाडौं, बैशाख १७ गते । नुवाकोटका धार्मिक तथा सामाजिक अभियान्ता होमनाथ पुडासैनी जलेश्वर मन्दिरको आसपासमा केवुलकार संचालन गर्ने अभियानमा जुटेका छन । उनी सो अभियान बोकेर नुवाकोट जिल्ला र धादिङ जिल्ला पुगेका हुन । उनले १४ गते धादिङको केवुलपुरमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरे भने १५ गते नुवाकोटमा नागरिक सुनुवाई कार्यक्रम सपन्न गरे । अहिले उनी त्यही अभियान लिएर गृह जिल्लामा छन । धादिङ र नुवाकोट जिल्लाको सीमानामा रहेको कोल्पु खोलामा जलेश्वर मन्दिर प्रश्रिद्ध छ । दुबै जिल्लाका स्थानीय बासीहरुले केवुलकार संचालन भएमा दुबै जिल्लालाई फाइदा हुने कुरामा जोड दिए । नागरिक सुनुवाई कार्यक्रममा बिभिन्न ब्यक्तिहरुले राय सुझाव दिएका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend