खबरब्रेकिंग,काठमाडौँ, बैशाख १७ गते । गीतकार नवराज न्यौपानेको नयाँ गीत ‘जाली परदेशी’ सार्वजनिक भएको छ । आलिफ खान र रचना रिमालको स्वर, राजेन्द्र बजगाईंको सङ्गीत एवम् सङ्गीत संयोजन, मनोज परियारको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो।
केशवराज भट्टको निर्देशनरकोरियोग्राफी रहेको गीतको भिडियोमा नवराज न्यौपाने, गरिमा शर्मा र उषा उप्रेतीलाई फिचरिङ गरिएको छ। यस्तै, भिडियोमा बाल कलाकारमा निवसोन र रिवसोन न्यौपानेको अभिनय छ। लोकलयको सार्वजनिक गीतमा परदेश रहेको प्रेमी र स्वदेशमा रहेकी प्रेमीको कथा बुनिएको छ।
निशा न्यौपानेले निर्माण गरेको भिडियोमा मानकृष्ण महर्जनको छायांकन र वन्दे प्रसादको सम्पादन रहेको छ। गीतको भिडियोमा ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो।
भिडियोस
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend