खबबरब्रेकिंग, काठमाडौं ,बैशाख १७ गते । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आन्दोलनरत महावीर पुनसँग तत्काल संवाद गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन् । आइतबार सामाजिक सञ्जाल ट्विटरमा लेखदै उनले यस्तो बताएका हुन ।
उनले लेखेका छन्, ‘आविस्कार केन्द्र स्थापना गरेर रास्ट्रका लागि महत्त्वपूर्ण योगदान गरिरहनु भएका व्यक्तित्वको कदर गर्दै सम्माननीय प्रधानमन्त्रीलाई उहाँका मागहरू सम्बोधन गर्न तत्काल आवश्यक पहलकदमीका लागि आग्रह गर्दछु ।’
आविष्कार र नवप्रवर्तनका लागि बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्नेलगायतका विभिन्न माग राख्दै गत शुक्रबारदेखि महावीर पुनले काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend