फाइल तस्बिर
खबरब्रेकिंग,काठमाडौं बैशाख १२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थनबारे सरकारसँग छलफल र वार्ता गर्ने बताएका छन ।
चितवन–२ बाट निर्वाचित हुने पक्का भएसँगै लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नुपर्ने कारण नभएको बताएका हुन् ।
‘सरकारलाई दिएको समर्थनबारे समीक्षा हुन्छ, त्यसलाई कायम राखिराख्न कारण देखेको छैन । सरकारमा जाने त सम्भावना नै छैन,’ लामिछानेले भने । सरकारको कामप्रति आफ्नो पार्टी सन्तुष्ट नभएको उनले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend