खबरब्रेकिंग,काठमाडौं, बैशाख ११ गते । अहिले तनहुँ–१ को उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेले मतान्तर बढाएका छन् ।
अहिलेसम्म १३ हजार ७ सय ५९ मतगणना सकिँदा वाग्लेले सर्वाधिक ७ हजार ६ सय २५ भोट प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार ४ सय ७१ मत ल्याएका छन् ।
उनी वाग्लेभन्दा ४ हजार १५४ मतले पछाडि परेका छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले २ हजार २ सय १९ मत पाएका छन् । खनाल शीर्ष स्थानमा रहेका वाग्लेभन्दा ५ हजार ४०६ मतले पछाडि छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend