आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एमालेमा फर्किए पोखरेल, ओलीको हातबाट लगाए टिका

एमालेमा फर्किए पोखरेल, ओलीको हातबाट लगाए टिका

 

मकवानपुर १६ बैशाख । नेकपा एकीकृत समाजवादी मकवानपुरको अध्यक्ष पद त्यागेर पार्टी छोडेको घोषणा गरेको भोलीपल्ट श्रीधर पोखरेल एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले ८ महिनाअघि नेकपा एकीकृत समाजवादीमा गएका थिए । हेटौंडा उपमहानगरपालिकाको मेयर पद नपाएपछि समाजवादी छाडेका उनी पार्टी छोडेको भोलिपल्टै काठमाडौँ पुगेर अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाउँदै एमाले प्रवेश गरेका हुन् ।

पोखरेललाई नेकपा एमालेका ओलीले काठमाण्डौँमा भएको एक कार्यक्रममा एमालेमा स्वागत गरेका थिए । पोखरेलले बुधबार मात्र नेकपा एकिकृत समाजवादीको अध्यक्ष पद परित्याग गरेका थिए । समाजवादीमा व्यक्तिवाद हाबी भएको, समाजवादीलाई प्रालि बनाइएको भन्दै पोखरेलसहितका नेताहरूले पार्टी परित्याग गरेका थिए ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend