आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एमालेका अध्यक्ष ओलीले फर्काए गगन थापालाई यस्तो जवाफ

एमालेका अध्यक्ष ओलीले फर्काए गगन थापालाई यस्तो जवाफ

 

 

काठमाडौँ १५ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले स्थानीय तह निर्वाचनका लागि ल्याएको घोषणापत्रमा बहसका लागि चुनौती दिएका छन्।

बिहीवार काठमाडौंमा आयोजित काठमाडौं महानगरपालिकाका विभिन्न पदमा उम्मेदवारी दिएका सदस्यहरुलाई शुभकामना दिँदै अध्यक्ष ओलीले यस्तो चुनौती दिएका हुन्।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै ट्युसन सेन्टर खोल्छु भन्नेलाई एमालेकै भर्खर परीक्षा पास गरेका साथीहरुसँग भिडाइदिने बताए।

ुजागिर चाहियो भने बालकोट आउनु। ट्युसन खोल्न आउने भए ठाउँ मिलाइदिउँलाु, गगनतिर लक्षित गर्दै उनले भने, ुनेपाली कांग्रेसलाई कुहिरोको काग हो। सत्ताधारीले महिला भनेर श्रीमती र छोरीलाई उठाइरहेका छन्ु

ओलीले नेपाली कांग्रेसलाई विचारशून्य पार्टीको पनि संज्ञा दिएका छन्।

‘नेकपा एमालेको स्थानीय निर्वाचनको घोषणापत्रको बिरुद्धमा कोही बहसमा आउँछ भने आउनुस् स्वागत गर्दछौँ। कोही ट्युसन क्लास चलाउँछु भन्नेहरु पनि तयार छन् भने हामी पनि यसो, हाम्रा लागि त्यो ठूलो कुरा भएन, भर्खर भर्खर पास गरेका भाइबहिनीहरु थुप्रै छन्। यस्ता ट्युसन क्लासवालासँग मुकाबिला गर्ने भिडाइदिउँला केही छैनु, उनले भने, ुतर हामी बहस गर्न तयार छौँ । नेपाली कांग्रेस विचारशून्य, गन्तव्यही र कुहिराको काग हो। कुहिराका कागको उद्देश्य भनेको पेट भर्ने हो।ु
उनले एमालेले कसैका छोरी बुहारीलाई काँधमा बोकेर नहिँडेको पनि बताए। ुनेकपा एमाले कसैका छोरी,बुहारी काँधमा बोकेर हिँडेको पार्टी होइन, नातावादी कृपावादी पार्टी होइनु, उनले भने, ुकसैले महिला उम्मेदवार दिएँ भन्छ होला श्रीमती उठाउँदा महिला त परिहाल्छ नि । छोरी उठाएपछि महिला त परिहाल्छ नि’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend