आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

महासचिव पोखरेलले जनमत आफ्नो पक्षमा पार्न नेता कार्यकर्ताहरूलाई दिए यस्तो निर्देशन

महासचिव पोखरेलले जनमत आफ्नो पक्षमा पार्न नेता कार्यकर्ताहरूलाई दिए यस्तो निर्देशन

 

 

काठमाडौं १३ बैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेप्रति विपक्षीले फैलाएको भ्रम चिरेर जनतासामु जान नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । मंगलबार सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै पोखरेलले ओली नेतृत्वको सरकारले गरेका कामका बारेमा जनतालाई बुझाएर जनमत आफ्नो पक्षमा पार्न निर्देशन दिएका हुन् ।

‘चुनावका समयमा हाम्रा विरुद्धमा फैलाइने भ्रमहरुप्रति तपाईहरु सवै सचेत हुनुपर्छ । जुनसुकै प्रकारका भ्रम चिर्न कसैसँग सोध्नुपर्दैन, दृढतापूर्वक प्रतिवाद गर्ने’, पोखरेलको निर्देशन छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend