महेश भण्डारी ।
अस्थिर राजनीतिको पञ्जाबाट छुट्टिएर देश संघीय गणतन्त्र राज्यमा पाइला टेकेको छ। तर संघीयता कार्यान्वयन गरि देशको आर्थिक बिकास गर्न फलामको च्युरा चपाए सरह हुनेछ। संघीयता प्रवेश गरेसँगै राष्ट्रमा सार्बजनिक खर्च बढेको छ। देश बढ्दो ब्यापार घाटा, न्यून आय, भ्रष्टाचार र गरिबी जस्ता सामाजिक समस्यको चपेटामा रुमालिएको छ। के संघीयता पछि अभिषाब त बन्दैन? देशमा अर्थिक बिकासका संभावना के-के छन ? अर्थब्यबस्थामा के कस्ता समस्यले प्रभावित पारेको छ त ? यी र यस्तै सेरोफेरोमा रहेको यो लेख तयार पारेको छु।
समस्या अर्थतन्त्र कुइरोमा हराएको कागझैँ दिसा बिहिन छ।देश परजीवी बन्दै गएको छ। अर्थब्यबस्थाको मेरुदण्डका रूपमा हेरिने कुल राष्ट्रिय उत्पादन,प्रतिब्यक्ती आम्दानी,आर्थिक कल्याण र सामाजिक सुचकको अवस्था कमजोर छ। मानव बिकास सुचांकमा 149 औं स्थानमा रहेको छ।जुन अत्यन्तै कमजोर अबस्था हो। 21.6 प्रतिशत निरपेक्ष गरिब, 6.5 प्रतिशात मुद्रास्फीति ,चरम बेरोजगारी र अत्यधिक मात्रमा ब्यापार घाटा रहेको रहेको छ।संघीयता पश्चात् देशको सार्बजनिक खर्च वृद्धि हुँदै जादा सार्वजनिक ऋणको भार बढ्दै गएको छ।आ ब 74/75 को बजेट अनुसार 73/74 मा आन्तरिक र बाह्य ॠण 40.7 र 59.3 हुदा 74/75 मा बढेर 46.1 र 53.9 रहेको देखिन्छ।देशको प्रमुख आय रेमिट्यान्सको हो।
जून आय घट्दै गएको देखिन्छ। देश अर्को प्रमुख आय कर तर करबाट प्राप्त हुने आयले देशको सार्बजनिक खर्च धान्न पनि मुस्किल पर्छ। प्रत्येक बर्ष घाटा बजेट प्रस्तुत गरिन्छ देशको अधिकांश बजेट अनुत्पादक क्षेत्रमा खर्च गरेर सिध्याइन्छ।भने अर्को प्रमुख समस्य ब्यापार घाटा।कृषिप्रधान मुलुक त बर्सेनि बढ्दै ब्यापार घाटाले शिखर चुमेको देखिन्छ। ब्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार आ.व 74/75 मा 41 अर्ब 32 करोड खाद्य आयात हुदा जम्मा 64 लाख बराबरको कृषिजन्य बस्तु निर्यात भएको देखाउछ।
आर्थिक सर्वेक्षणका अनुसार चार महिनाको अबधिमा मात्रै साढे ४ खर्बको ब्यापार घाटा रहेको देखाएको छ।देशको 70 प्रतिशत जनसंख्या कृषि पेशा आबद्ध हुदापनि 14 अर्ब 90 करोड रकम खाध किन्न बिदेश गएको देखिन्छ। पेट्रोलियम,इलेक्ट्रोनिकका साथै अन्य थुप्रै बस्तुहरुमा ब्यापार घाटा अत्यधिक रहेको देखिन्छ। देशमा भ्रष्टाचारले जरो गाडेको छ।ट्रान्सपरेन्सी इन्टरनेटसनलका अनुसार 2017 मा नेपाल भ्रष्टाचारमा 1 सय 22 औं स्थानमा रहेको देखाएको छ।
सम्भावना नेपाल प्राकृति रूपमा धनी छ। बन जंगल बहुमुल्य जडिबुटी खनिज पदर्थ प्रचुर मात्रामा रहेका छन् । हिन्दु र बुद्ध धर्मको प्रमुख गन्तव्य हो।जस्तै पशुपति र लुम्बिनी अबस्थित छ। हिमालै हिमालले घेरिएको जहाँ बिश्वको अग्लो सर्बोच्च शिखर सगरमाथा। कृषिको निम्ति आवश्यक पार्ने हावापानी उत्कृष्ट रहेको छ। भनेर नेपाल जलस्रोतमा बिश्वको दोस्रो धनी जसबाट बिजुली उत्पादन गरि बिदेश बिक्री गर्नुका साथसाथै कृषि कलकारखाना सञ्चालन गर्न प्रश्रय हुन्छ भने अर्को बिदेशीएका दक्ष जनशक्तिले देश भित्रै रोजगारी दिन सकिन्थ्यो।पर्यटन भित्र्याउन सकेको खण्डमा बिदेशी मुद्रा आर्जन बेरोजगारी समस्या समाधान गर्न सकिन्छ।
बिश्वका कयौं राष्ट्रको प्रमुख आय पर्यटन ब्यबसायनै बनेको अवस्था नेपालमा पर्यटनका सम्भावना हुदाहुदै पनि ध्यानाकर्षण कम भएको छ। समाधान ब्यापार घाटा नियन्त्रण गर्न परम्परागत कृषि प्रणालीलाई बैज्ञानिका तवरमा रुपान्तरण गर्नुपर्छ। उन्नतजातका बिउबिजन,सिँचाइको ब्यबस्थापन, बिमा जस्ता कृषिक आधारभूत आवश्यकता उपलब्ध गराउनु पर्छ।किसानले उत्पादित बस्तु बजार ल्याए बिक्रि गर्नको निम्ति यातायातको सहज बाताबरण मिलाउनु पर्छ। शहरीकरणले कृषि योग्य जमिन फ्लटिङ रोक्न कानुनको शिघ्र कार्यान्वयन गराउन पल गर्ने।
बर्सेनि कृषि क्षेत्रमा छुट्याएको बजेट किसानले भन्दपनि बिचौलिया र नेताको हातमा जान्छ।र देशमा भएका बहुमुल्य जडिबुटी संरक्षण तथा प्रशोधित गरि बिदेशबाट आयात हुने औषधि रोक्नु जरुरत छ।पर्यटन ब्यबसाय फस्टाउन यातायात, सुरक्षा सुविधाजनक होटल प्रबर्द्धन मिलाउने।बढ्दो बिदेश सामान्य प्रतिको आकर्षकले स्वदेशी उद्योगधन्दाबाट उत्पादित बस्तुले बजार मुल्य नपाउदा बन्द गर्नु पर्ने बाध्यता रहेकोले यसलाई रोक्न सरकारले ठोस कानुन र करको दायरा बढाउनु पर्छ।
भने सरकारी लगानीमा रहेका सार्बजनिक संस्थानहरु बर्सेनि घाटामा गई रहेका छ।यसलाई सरकारले कानुन बनाएर निजी क्षेत्रलाई जिम्मेवार दिने। भने पेट्रोललियम पदार्थमा हुने ब्यापार घाटा नियन्त्रण गर्न सरकारले इलेक्ट्रोनिक गाडीहरू सञ्चालनमा ल्याउनु पर्छ।बन्द हडताल जस्ता द्वन्द्वहरुले प्रभावित असर रोक्नु आवश्यक छ।
बिदेशीएका दक्ष जनशक्तिहरु स्वदेशमै परिचालन गराउन जरुरत छ। अन्त्यमा:यदि सरकारले अघि सारेका बिकासका योजना कार्यान्वयन गरि देशलाई गरिबी र बिकाशोन्मुख राष्ट्रबाट बिकशित मुलुकमा रुपान्तरण गर्ने हो भने पहिला बढ्दो ब्यापार घाटा नियन्त्रण बेरोजगार,सामाजिक हिंसा र भ्रष्टाचार जस्ता सामाजिक समस्य जरैदेखि उखेलेर फ्याँक्नु अनिवार्य सर्त हुनेछ।
महेश भण्डारी अर्घाखाँची छत्रदेव गाउँपालिका
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend