काठमाडौं । ईस्वी संवत् २०२६ को नयाँ वर्षको अवसरमा पेशागत महासंघ नेपालका अध्यक्ष पूण्य प्रसाद ढकालले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
शुभकामना सन्देशमार्फत अध्यक्ष ढकालले नयाँ वर्षले देशमा शान्ति, स्थायित्व, सुशासन र समृद्धिको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले श्रमिक, कर्मचारी, पेशाकर्मी तथा सम्पूर्ण नेपाली जनताले भोग्दै आएका चुनौतीहरूलाई एकताबद्ध प्रयास, सकारात्मक सोच र जिम्मेवार नेतृत्वमार्फत सामना गर्न सकिने उल्लेख गर्नुभयो।
अध्यक्ष ढकालले नयाँ वर्षले सबैको व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवनमा सुख, स्वास्थ्य, सफलता र उन्नतिको कामना गर्दै राष्ट्र निर्माणमा सबै पक्षको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा राख्नुभयो। साथै, लोकतान्त्रिक मूल्य, श्रमको सम्मान र सामाजिक न्याय स्थापनाका लागि पेशागत महासंघ नेपाल सदैव प्रतिबद्ध रहने उहाँको भनाइ छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend