सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखी उपेन्द्र यादवले बताए यस्तो कुरा

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखी उपेन्द्र यादवले बताए यस्तो कुरा

काठमाण्डौं २७ पुस । जनता समाजवादी पार्टी, (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राजतन्त्रात्मक निरंकुश पञ्चायती व्यवस्थाले स्थापित गरेको पृथ्वी जयन्तीलाई प्रचण्ड सरकारले पुनस्र्थापित गर्नु जन–आन्दोलनको मर्म र भावनाविपरीत कार्य भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखी उनले उक्त कुरा बताएका हुन् ।

‘यो कार्यले सहिदहरुको अपमान गर्ने र यसले विविधतामा एकता हैन, एकतामा विभेद, असमानता र विविधता उत्पन्न गर्ने उनको दाबी रहेको छ ।

जसपाले सरकारको साझा न्यूनतम कार्यक्रममा पृथ्वी जयन्तीलाई समेट्ने विषयमा असहमति राखेपछि त्यसलाई पूर्णता दिने क्रममा हटाइएको थियो । तर, सरकारले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि जसपाले यसको विरोध गरेको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend