सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बैंकर्स संघको अध्यक्षमा सुनिल केसी निर्विरोध निर्वाचित

बैंकर्स संघको अध्यक्षमा सुनिल केसी निर्विरोध निर्वाचित

काठमाडौं २७ पुस । नेपाल बैंकर्स संघको अध्यक्षमा सुनिल केसी निर्विरोध निर्वाचित भएका छन् । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत केसीलाई बुधबार सम्पन्न विशेष साधारण सभाले अध्यक्ष चुनेको हो ।

संघको उपाध्यक्षमा सन्तोष कोइराला निर्वाचित भएका छन् । उनी माछापुछ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । संघका अध्यक्ष अनिलकुमार उपाध्यायको कृषि विकास बैंकको कार्यकाल समाप्त भएपछि संघको अध्यक्ष पद खाली भएको थियो ।

नयाँ निर्वाचनसँगै संघको कार्यकारिणी समितिमा निवर्तमान अध्यक्षको हैसियातमा नविल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना, लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम शाह, नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे सदस्य छन् ।

यस्तै नेपाल बैंकका कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी, एनआईसी एसिया बैंक रोशनकुमार न्यौपाने, एभरेष्ट बैंकका सुदेश खालिङ, सनराइज बैंकका सुमन शर्मा पनि कार्यकारी सदस्य चयन भएका छन् । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर जबरा संघको सल्लाहकार रहेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend