सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

अनेरास्ववियुको २३औँ राष्ट्रिय सम्मेलन फागुन २ मा

अनेरास्ववियुको २३औँ राष्ट्रिय सम्मेलन फागुन २ मा

काठमाण्डौं २७ पुस । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले २३औँ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ। अनेरास्ववियुको बुधबार बसेको पदाधिकारी बैठकले आगामी २, ३ र ४ फागुनमा २३औँ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको उपाध्यक्ष उमेश आचार्यले जानकारी दिए।

बैठकले सम्मेलन र अधिवेशन नभएको तल्ला कमिटीहरूको अधिवेशन र सम्मेलन आगामी १५ माघभित्र गर्ने निर्णय पनि गरेको छ। दुई साताअघि बसेको एमाले मोर्चा फाँटको बैठकले सम्मेलन र अधिवेशन गर्न बाँकी जनवर्गीय संगठनहरूलाई आगामी चैत मसान्तभित्र सम्पन्न गर्न निर्देशन दिएको थियो।

एमालेका अनेरास्ववियु र युवा संघमा लामो समयदेखि अधिवेशन सम्पन्न हुन नसक्दा लामो समयदेखि मनोनीत अध्यक्ष र पदाधिकारीहरूले नेतृत्व गर्दै आएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend