काठमाडौं २३ पुस । सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशंकर निरौला निर्वाचित भएका छन् । बृहत लोकतान्त्रिक समावेशी, पेशागत कानुन व्यवसायी समूहका उम्मेदवार निरौला २८९ मत पाएर निर्वाचित भएका हुन । निरौलाले २८९ मत पाए भने भट्टले २७५ मत पाए ।
उपाध्यक्षमा लोकतान्त्रिक समूहका अधिवक्ता जगदिशचन्द्र पाण्डे, सचिवमा प्रगतिशील समूहका श्यामकुमार खत्री, सहसचिवमा लोकतान्त्रिक समूहका सुजन लोप्चन, कोषाध्यक्षमा प्रगतिशील समूहका कपिलचन्द्र पोखरेल निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै सदस्यहरुमा सिर्जना कडेल, उत्त मराज पाठक, भीमप्रसाद ढकाल, रुपनारायण श्रेष्ठ, डा रेशमराज रेग्मी, रामबहादुर राउत (मातृदास), सुमनकुमार केसी र प्रभुजी पन्त निर्वाचित भएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend