सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ काठमाण्डौंको जिल्ला अध्यक्षमा राज कार्की सर्वसम्मत

नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ काठमाण्डौंको जिल्ला अध्यक्षमा राज कार्की सर्वसम्मत

काठमाण्डौं २३ पुस । नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ काठमाण्डौंको जिल्ला अध्यक्षमा राज कार्की सर्वसम्मत भएका छन । कार्की संघको २१ औं साधारण सभावाट जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन । कार्यसमितिको उपाध्यक्षमा उद्धव थापा मगर, सचिवमा बासुदेव पौडेल, सहसचिवमा विनोद छिनाल, कोषाध्यक्षमा लालु बैजू, सहकोषाध्यक्षमा रघुनाथ दाष निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यहरुमा भीम दर्नाल, दीपक परियार, संगिता लामिछाने, मृदुला शर्मा, झलककुमारी बगाले, देउरुपा थापा, बिनु श्रेष्ठ, सुशीला श्रेष्ठ, पार्वती भट्टराई, नविन नेपाली र आयुष परियार छन् ।

कार्यक्रम नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । उद्घाटन कार्यक्रम निबर्तमान अध्यक्ष चन्द्र रणपहेलीको अध्यक्षतामा भएको थियो ।

व्यावसायिक हकहितका क्षेत्रमा आफूहरुले काम गर्ने नवनिर्वाचित अध्यक्ष कार्कीले प्रतिबद्धता व्यक्त गरेका छन् । सर्वसम्मत निर्वाचित गराउने सम्पूर्ण सदस्यहरुप्रति आभार व्यक्त गर्दै उनले सबैको भावनालाई समेटेर संस्थाको नेतृत्व गर्ने बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend