सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दै

न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दै

काठमाडौं २२ पुष । सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक आज पनि बस्दै छ । कार्यदलको बैठक बिहान ११ बजे बस्न लागेको हो ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रम ल्याउने निर्णय गरेको थियो ।

विहीबार सरकारको साझा कार्यक्रम मस्यौदालाई अन्तिम रूप दिने भनिएको थियो । विहीबार मस्यौदालाई अन्तिम रूप दिन नसकेपछि आज पुनः बैठक बस्न लागेको बताइएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको कार्यदलको बैठकले न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिनेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend