सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

नेपाल विज्ञापन संघ (आन) को २३औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल विज्ञापन संघ (आन) को २३औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं २० पुष । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा। वैकुण्ठ अर्यालले विज्ञापन क्षेत्रका निम्ति बजार अनुसन्धान गर्न आवश्यक रहेको बताएका छन् । नेपाल विज्ञापन संघ (आन) को २३औं वार्षिक साधारण सभालाई मंगलबार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।

सचिव अर्यालले विज्ञापन व्यवसायका समस्या लिखित रुपमा जानकारी गराउनसमेत आग्रह गरे । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विज्ञापन नीतिको आवश्यकतामाथि जोड दिए । आनका अध्यक्ष सोमप्रसाद धितालले विज्ञापन उद्योगको विकास गर्नुपर्नेमा जोड दिँदै विज्ञापन क्षेत्रमा रहेका समस्या समाधानका लागि पहल गरिदिन सरकारसँग आग्रह गरे ।

त्यस्तै, आनका पूर्वअध्यक्ष भाष्करराज राजकर्णिकारले विज्ञापन व्यवसायसम्बन्धी समस्या, चुनौति र समाधानको विषयमा उजागर गरे । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बोर्डबाट काम भइरहेको जानकारी दिँदै केही समय धैर्य गर्न आग्रह गरे । साधारण सभाको सन्दर्भमा ‘विज्ञापन उद्देश्य उपलब्धि र अपेक्षा विज्ञापन साझा जिम्मेवारी’ विषयमा अन्तक्र्रियासमेत गरिएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend