सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सुनको मूल्य स्थिर

सुनको मूल्य स्थिर

काठमाडौँ नेपाली सुनचाँदी बजारमा आज सोमबार सुनको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजपनि सुन आइतबारकै दररेटमा कारोबार भइरहेको छ। महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख १ हजार ७०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख १ हजार २०० रुपैयाँ छ।

अघिल्लो दिन (आइतबार) भने सुन तोलामा ३०० रुपैयाँ बढेको थियो। आइतबार पनि छापावाल सुन प्रतितोला १ लाख १ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १ हजार २०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो।

सोमबार चाँदीको मूल्य पनि यथावत् रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार जस्तै सोमबार पनि चाँदीको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँ कायम भएको छ। आइतबार भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend