काठमाडौं १७ पुष । नेकपा (एकीकृत समाजवादी) को शनिबारबाट सुरू स्थायी समितीको बैठक आज पनि जारी छ ।
बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा जाने वा नजाने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ ।
वर्तमान सरकारमाथिको दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा संगठन निर्माणका कार्ययोजना, वामपन्थी एकतासँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल जारी रहेको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend