धनगढी १७ पुष । नेकपा (माओवादी केन्द्र)ले सुदूरपश्चिमको संसदीय दलको नेतामा खगराज भट्टलाई सर्वसम्मत चयन गरेको छ । आज ९आइतबार० बसेको संसदीय दलको बैठकले नेता भट्टलाई सर्वसम्मत चयन गरेको हो ।
प्रदेश सरकार गठनका लागि पहल गर्न नेता भट्टलाई नै जिम्मेवारी दिइएको माओवादी केन्द्र सुदूरपश्चिमले जनाएको छ । भट्ट पार्टी स्थायी कमिटी सदस्य तथा प्रदेश इञ्चार्ज पनि हुन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend