सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

जनताले लडेर ल्याएको ब्यवस्था हो यो !

जनताले लडेर ल्याएको ब्यवस्था हो यो !

डा डीआर उपाध्याय,

 

काठमाडौं २६पुस ।आज देशमा तमाम समस्या छन् । ति समस्या समाधान गर्न कुनै दल र तिनका नेताहरू गम्भिर छैनन् । राजनीतिक दल र तिनका नेताहरु आ आफनो ब्यक्तिगत स्वार्थमा लिप्त छन् । त्यसो भएको हुनाले हामी पछि परेका हौं । देश बनाउने र जनताको समस्या समाधान गर्ने कुरातर्फ कसैको ध्यान गएको पाइदैन । चारैतिर समस्यै समस्या छन् ।

गरिब जनता बिहान बेलुकाको छाक टार्न सकिरहेका छैनन् । देशमा महङ्गी बढेको बढै छ । सरकारी ढुकुटी माथि मनपरी ब्रमलुट भइरहेको छ । जनताले लडेर ल्याएको ब्यवस्था हो यो । तर, जनताको अबस्था फेरिन सकेन । आज जनता चरम निराशामा छन् । देश र जनताको भाग्य र भबिश्य अन्योलमा छ । सत्ता स्वार्थ बाहेक हाम्रा नेताहरुले अरु के देखे ?  जनतालाई भ्रममा राखेर कति दिन राजनीति गर्ने ?  यसको फैसला त जनताले गर्लान नी । देश झन पछि झन नाजुक बन्दै गइरहेको छ तर नेताहरू ठूला–ठूला कुरा गर्न अझै छाडेका छैनन् । नेताहरू समृद्धिका कुरा गर्छन तर ब्यवहारमा लागु गदैनन् । सत्ताका लागी एक आपसमा लडिरहेका छन् ।

जनताको आवाज बोल्ने थलो संसद लामो समय देखि अबरुद्ध छ । लामो समयदेखि एमालेले संसद अबरोध गदै आइरहेको छ । संसद अबरोध गरेर मात्र समस्या समाधान हुँदैन । यो जनमत माथिको अपमान हो । एमाले मुलुकप्रति गम्भिर बन्नु पर्ने आबश्यकता देखिएको छ ।

जनताले संसद अबरोध गरेको मन पराइरहेका छैनन् । यदि एमाले देश र जनताप्रति इमानदार छ भने संसद सुचारु हुन दिनुपर्छ । जनता भोक रोग, बेरोजगारी जस्ता समस्याले थिचिएका छन् । जनताका कुरा कस्ले बुझने ?  प्रजातन्त्र आएको पनि चार दसक बढी भइसक्यो । जनताले मत दिएर नेतालाई कुर्सिमा पठाएको किन हो ?  जनता जवाफ खोजिरहेका छन् । नेताले आफ्नो भागबन्डा मात्र खोजेर देश बन्न सक्दैन ।

नेता धनी बन्दै जाने जनता गरिव बन्दै जाने यो प्रबृतिले देश कहिल्यै अघि बढन सक्दैन । देश रेमिट्यान्सको भरमा चलेको छ । वार्षिक पाँच लाखबराबर युवा बाहिर पलायन हुन्छन् । देशमा न पढ्ने वातावरण छ न त केही गर्ने । अधिकांशको बुझाइ हो यो । जनतालाई भ्रम छर्ने काम गरेर राजनीति गर्ने जुन किसिमको संस्कार मौलाएको छ यसले राम्रो गरिरहेको छैन ।

जनताले नेतालाई भोट हालेर चुनाव जिताउँछन तर चुनाव जितेर तिनै नेताले जनतालाई चिन्दैनन् । देशमा झन्डै आधा दर्जन संविधान बने तर देश कहिल्यै समृद्ध बनेन । यद्यपि, नागरिकको आशाको दियो निभेको छैन । जलस्रोतमा धनी, कृषिप्रधान र भौगोलिक विविधताले भरिएको यो देश बन्न नसक्दा दुख्ख लाग्छ । यो देश कसको कारणले बन्न सकिरहेको छैन ।

यसको बाधक को हो ?  जनताले बुझनु पर्ने आबश्यकता देखिएको छ । देश बनाउने कुरामा सबै दल एक ठाउँ उभिनु पर्ने हो, तर उभिन सकेनन् । सबैको आ(आफ्नो स्वार्थ छ । स्वार्थको राजनीतिले देश बर्बाद हुँदै छ । आज देश संघीयतामा गए पनि जनता सन्तुष्ट छैनन् । कारण के हो भने जनताको अबस्थामा परिवर्तन आउन सकेन । देशको ब्यवस्था बदलियो तर जनताको अबस्था बदलिन सकेन । अब राजनीतिक दल र तिनका नेताहरूको सोच, चिन्तन, ब्यवहार बदलिन सकेन भने जनता पक्कै निराश हुने छन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend