बिष्णु प्रसाद शर्मा
१७४० मा एउटा हातमा बाइवल र अर्को हातमा तराजु बोकेर भारत छिरेको ब्रिटिसले भारतको धेरै राज्यहरु कब्जा गरिरहेको अबस्थामा गोरखाका राजा नरभूपाल शाहका छोरा श्री ५ युवराज पृथ्वीनारायण शाहको १७७९ जन्म भई २० बर्षमा १७९९ मा गोरर्खाका राजा हुनु भन्दा अघि नै नेपाललाई ब्रिटिसबाट कसरी जोगाउनु पर्ने चिन्तन पृथ्वीनारायण शाहमा रहेको र त्यही चिन्तनले पृथ्वीनारायण शाहमा उत्साह बढेको हुँदा नेपाल एकिकरण भयो ।
सो समयमा नेपाल भन्दा चीन खस्केको अबस्थामा थियो । कथम कथाचित पृथ्वीनारायण शाहको योजना बमोजिम इस्ट इन्डिया कम्पनिका चिफकिङलकको २४ सय सिपाही सिन्धुलीगढी बाट भगाएर उनीहरुको हात हतियार कब्जा गरी लिन नसकेको भए नेपाल ब्रिटिसको कब्जामा हुने थियो र उत्तरको छिमेकी देश चीन समेत रहने थिएन ।
यो अबस्थाबाट नेपाललाई जोगाउँदा जोगाउँदै पनि दलीयताका हिमायतिहरुले पश्चिमाहरुको सहयोग लिदै उनीहरुको आडमा हिडनु र सेनाले युएनको र युरोपियन युनियनको सेवा गर्नु कति उचित हो ।

पृथ्वीनारायण शाहको जन्मजयन्ती पुस २७ हो । नेपाल एकीकरण गर्ने तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई बिशेष रुपमा मनाउनु पर्छ । राष्ट्रिय एकता दिवस विशेष महत्त्वको दिन हो । राष्ट्रिय एकता दिवस नेपालको लागी गौरवको कुरा हो ।
‘घूस लिन्या र घूस दिन्या दुवै राष्ट्रका शत्रु हुन्’, ‘नेपाल दुई ढुंगाबीचको तरुल हो’ यस्ता दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छन्। श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह (वि सं १७७९–१८३१) शाहवंशीय राजा हुन्। स–साना राज्यमा बाँडिएका बाइसे र चौबिसे राज्यलाई एकत्रित गरी देशको सिर्जना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन्।
पृथ्वीनारायण शाहको सम्झनामा पुस २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ। नेपाल सरकारले यस्ता राजाको जन्मजयन्तीमा बिदा दिदैन नेपाली जनताले ३००औं जन्मजयन्ती मनाउँदै छन । पृथ्वीनारायण शाहले ज्यान जोखिममा राखेर नेपाललाई बेलायती उपनिवेशवादबाट नबचाएको भए सायद नेपाल नै हुने थिएन र आज हामी नेपाली हुने नै थिएनौं।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend