आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

विकास ल्याउन ओली नै चाहिन्छः रिजाल

विकास ल्याउन ओली नै चाहिन्छः रिजाल

 

 

काठमाडौं पुष २५ । नेकपा एमालेका प्रभावशाली युवा नेता राम प्रसाद रिजालले देश विकास गर्न नेकपा एमाले नै चाहिएको बताएका छन्। उनले संचार कर्मीसंग कुरा गर्दै यस्तो बताएका हुन । उनले एक वर्षपछि एमालेको सरकार आउने र त्यसपछि पाँच वर्ष सत्तामा रहँदा विकास निर्माणको अहिलेसम्म नभएको लहर ल्याउने बताए।

उनले आउँदो निर्वाचनमा जनादेशबाट एमालेको एकल बहुमतको सरकार स्थापित हुने समेत दाबी गरे। देश बिकासका लागी केपी ओली नै आउनु पर्ने उनले दाबी गरे । उनले आगामी निर्वाचनमा एमालेलाई बहुमत दिएर चुनाव जिताउनु पर्ने र ओलीलाई प्रधानमन्त्री बनाउनु पर्ने बताए । रिजालले केपी ओली बिना यो देश नबन्ने ठोकुवा गरे । देशको भाग्य र भबिश्य निर्माण गर्ने भनेको ओली नै हो भनेर रिजालले बताए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend