काठमाडौं, २५ पुस । आज सुन प्रतितोला ९१ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार पनि सुन ९१ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य बढेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ डलरले बढेर १७ सय ९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend