कपिलवस्तु, २५ पुस । नेकपा (एमाले) कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा विजयी भएका छन् । शनिबार भएको मतदानमा २३८ मतसहित शर्मा जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् । शर्माका प्रतिद्वन्द्वी बाबुराम खनालले १८६ र नेत्र अधिकारीले १०० मत प्राप्त गरे ।
नवौँ जिल्ला अधिवेशनमा सहमति जुट्न नसकेपछि अध्यक्ष पदका लागि निर्वाचन भएको हो । उपाध्यक्षमा विश्रामप्रसाद थारु, सचिवमा सिबी गहतराज, उपसचिवमा अर्जुन केसी र विकास आचार्य विजयी भएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend