शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा पिताम्बर भुसाल सर्वसम्मत निर्वाचित

नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा पिताम्बर भुसाल सर्वसम्मत निर्वाचित

 

 

काठमाडौं पुस २४ । नेकपा एमाले अर्घाखाँचीको आठौं जिल्ला अधिवेशनबाट पिताम्बर भुसाल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । जसको उपाध्यक्षमा ईश्वरा पोखरेल, सचिवमा तेजबहादुर रायमाझी उपसचिवमा शम्भुप्रसाद पोखरेल, भीम केसी रहेका छन । आज सम्पन्न अधिवेशनले अध्यक्षसहित ९० सदस्यीय जिल्ला कमिटी पनि सर्वसम्मत चयन गरेको छ ।

यस्तै जिल्ला समितिका सदस्यहरूमा उमानाथ पौडेल, दुर्गाप्रसाद अधिकारी, गोविन्दबहादुर क्षेत्री, ओमप्रकाश भुसाल, दिनेशकुमार भारद्वाज, माया भुसाल, शारदा नेपाली, पवित्रा बि।क। सुनार, लक्ष्मण नेपाली, झबिन सुनाम, मीना नेपाली, नजिर महम्मद मिया, भूमिकास्थान नगरपालिकाबाट खगेश्वर पन्थी, रेशम थापा, प्रेमकुमार थापा, जनकलाल गैरे, जगतबहादुर खड्का, कल्पना पराजुली, वसन्ता पौडेल, सरिता केसी, चोपबहादुर बिक, राजकुमार श्रेष्ठ लगायत निर्वाचित भएको जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend