इलाम । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले तत्कालिन प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन ठिक थियो भन्ने प्रमाणित भएको बताएका छन्। उनले अदालतले प्रतिनिधिसभा पुर्नस्थापना नगरिदिएको भए मुलुकले नयाँ जनप्रतिनिधि पाइसक्ने बताए।
नेकपा एमाले इलामको दशौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्बाङले भने,‘अदालतले प्रतिनिधिसभा पुर्नस्थापना नगरेको भए यतिबेला निर्वाचन भएर नयाँ जनप्रतिनिधि आइसकेको हुन्थ्यो तर त्यतिबेला प्रतिगमन भयो भन्नेहरूको कारण देशमा यस्तो अवस्था सिर्जना भयो। न संसद चल्यो, न सरकारले नै काम गर्न सक्यो।’
उनले अहिलेको ५ दलीय गठबन्धन दुई मिनेट पनि सँगै बस्न सक्ने अवस्थामा नरहेको दाबी गरे। प्रतिपक्षले सत्तामा हुनेहरूको आलोचना गर्नुपर्नेमा सत्तामा हुनेहरूले प्रतिपक्षीलाई आलोचना गरिरहेको घटनाले गठबन्धन उल्टो बाटोमा हिँडेको टिप्पणी गर्दै उपाध्यक्ष नेम्बाङले गठबन्धनको आयु सकिएको दाबी पनि गरे।
‘
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend