शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एमाले अध्यक्ष ओलीले दिए देश भरीका नेता,कार्यकर्तालाई यस्तो निर्देशन

एमाले अध्यक्ष ओलीले दिए देश भरीका नेता,कार्यकर्तालाई यस्तो निर्देशन

 

 

काठमाडौं पुस २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमति र समझदारी गरेर जिल्ला नेतृत्व चयन गर्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

६३ जिल्लामा एमालेको जिल्ला अधिवेशनको शुक्रवार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै ओलीले उच्चस्तरको समझदारी र सहमति गरेर अघि बढ्न आग्रह गरेका हुन् ।

‘दशौं महाधिवेशनमा हामीले सहमतिका प्रयास गर्‍यौं, सहमति हुन नसक्दा लोकतान्त्रिक ढंगले स्वच्छ ढंगले लोकतान्त्रिक विधिबाट, मतदानको विधिबाट अघि बढ्ने नीति लियो,’ ओलीले भने, ‘जिल्ला कमिटीमा सकेसम्म समझदारी, सहमति र एकतावाद भएर मन नखुम्चाइ टीम स्पिरिडका साथ अगाडि बढ्न आग्रह गर्न चाहन्छु ।’

हिमाली क्षेत्रका कतिपय जिल्लामा अहिले अधिवेशन गर्न नसकिएकोले आज ६३ वटा जिल्लामा शुक्रवार अधिवेशनको उद्घाटन गरिएको एमाले महासचिव शंकर पोखरेलले जानकारी गराए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend