शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

 आज १६ जिल्लामा एमाले अधिवेशन नहुने

 आज १६ जिल्लामा एमाले अधिवेशन नहुने

 

काठमाडौं पुस २३ । नेकपा एमालेले आज जिल्ला अधिवेशन गर्दै छ। तर, १६ जिल्लामा भने आज अधिवेशन नहुने भएको छ।   पार्टीका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार ६१ जिल्ला अधिवेशनहरू शुक्रबार विहान ११ बजे केन्द्रीय कार्यालयबाट अध्यक्ष ओलीले भर्चुअल रुपमा उद्घाटन गर्ने कार्यक्रम छ।

प्रदेश–२ का सात जिल्लामा आन्तरिक विवादका कारणले आज अधिवेशन नहुने भएको छ। सिराहा, धनुषा, सर्लाही, महोत्तरी, बारा, रौतहट र पर्साको जिल्ला अधिवेशन रोकिएको छ। संखुवासभाको जिल्ला अधिवेशन पनि आज हुने छैन। पुस २६ गते अध्यक्ष ओली संखुवासभा जाने तयारी भएको छ।

त्यस्तै रोल्पामा जिल्ला सचिवको बुधबार निधन भएकाले अधिवेशन रोकिएको छ।

त्यस्तै हिमाली जिल्लाहरुमा पनि आज अधिवेशन हुने छैन। हिमपात र चिसोका कारण मनाङ, मुस्ताङ, रुकुम पूर्व, हुम्ला, मुगु, कालिकोट र बझाङमा आज अधिवेशन नहुने भएको हो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend