कैलाली पुष २२ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले लोकतन्त्र र जनताको सर्वोच्चताप्रति राप्रपा प्रतिबद्ध रहेको बताएका छन्। धनगढीमा आयोजित सो पार्टीको आमसभामा प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले लोकतन्त्रका नाममा राजनीतिलाई पेशा बनाएर जीविका चलाउने गलत प्रवृत्तिविरुद्ध राप्रपा अघि बढेको बताए।
उनले राजसंस्था र हिन्दू राष्ट्र कायम गरी देशमा विकास र सुशासन गर्ने आफ्नो पार्टीको सोच रहेको बताए। राप्रपाका निवर्तमान अध्यक्ष डा। प्रकाशचन्द्र लोहनीले देशमा सक्रिय राजतन्त्र नभई राष्ट्रिय एकताका लागि राजसंस्था र हिन्दू पहिचानसहितको व्यवस्था अवश्यक भएको उल्लेख गरे।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend