काठमाण्डौं पुस २२ । नेकपा (एमाले) का ७७ वटै जिल्ला अधिवेशन भोलि(शुक्रबार) हुँदैछ । भोलि बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले जिल्ला अधिवेशनको उद्घाटन भर्चुअल रूपमा गर्नेछन्।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार पार्टी केन्द्रीय कार्यालयको ‘एक्सन रुम’बाट ओलीले उद्घाटन गर्ने तय भएको छ । एमालेको १०औं महाधिवेशन एक महिनाअगाडि नै सम्पन्न भएपनि जिल्ला अधिवेशन भने बाँकी नै थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend