काठमाडौं, पुस २२ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कमिटीका पूर्व सदस्य तथा २०६४ सालको संविधानसभामा हुम्लाबाट प्रतिनिधित्व गर्ने सभासद् छिमी दोर्ची लामा नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
माओवादीको केन्द्रीय कमिटीमा नअटाएपछि असन्तुष्ट बनेका लामासहितका नेता कार्यकर्तालाई बुधबार बालकोटमा अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका थिए । प्रवेश गर्नेमा माओवादीका कर्णाली प्रदेश कमिटीका ६ जना सदस्य, जिल्ला कमिटीका ३७ जना सदस्य, जनसंगठनका ४ जना केन्द्रीय सदस्यलगायत रहेको बताइएको छ । उनीहरूलाई स्वागत गर्दै अध्यक्ष ओलीले एमाले रोजेर समयमै सही निर्णय गरेको भन्दै नवप्रवेशी नेताहरूलाई धन्यवाद दिएका थिए ।
उनले भने, ‘प्रचण्ड समूह कम्युनिस्ट आन्दोलन समाप्त पार्न कसम खाएर लागेको छ । हेर्दै जानुहोला, त्यसको हालत कुनै बेलाको पेरुको साइनिङ पाथको जस्तो हुनेछ ।उक्त अवसरमा पार्टीका महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य तथा हुम्ला जिल्ला इन्चार्ज गोरखबहादुर बोगटी, केन्द्रीय कमिटी सदस्य तथा जिल्ला सहइन्चार्जद्वय दल रावल र दल फडेरालगायतका नेताहरूको उपस्थिति थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend